काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै साढे ९ लाख कित्ताका लागि आवेदन परेको छ। 

कम्पनीले सर्वसाधारणका लागि आज (साउन ३२ गते) देखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको छ।

सीडीएससीका अनुसार कम्पनीको आईपीओमा पहिलो दिनमै ७९ हजार ६४४ आवेदकबाट कुल ९ लाख ५४ हजार कित्ताका लागि आवेदन परेको छ। कम्पनीको आईपीओमा २२ करोड ८० लाख ६ हजार रुपैयाँ संकलन भएको छ। 

इच्छुक आवेदकले सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ४ गते र ढिलोमा भदौ १४ गते हुने भनिएको छ। 

सन नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।