काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज भदौ ४ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले सर्वसाधारणका लागि गत साउन ३२ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। 

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको छ।

सीडीएससीका अनुसार यो आईपीओमा हिजो साँझसम्म १२ लाख २१ हजार १४२ आवेदकबाट कुल १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि आवेदन परेको छ। जुन मागभन्दा १.८२ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। 

लगानीकर्ताले सी-आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। सन नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।