काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाको आवेदन परेको छ। 

सीडीएससीका अनुसार अन्तिम दिनसम्म कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि खरिद आवेदन परेको हो। यो हिसाबले कम्पनीको आईपीओ २.३२ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले आईपीओमा ४ अर्ब २६ करोड १९ लाख १९ हजार रुपैयाँ संकलन गरेको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ७ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। 

सन नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।