काठमाण्डौ । सप्तरीमा थप दुईजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
गत जेठ २ गते भारतबाट आएका डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ का २२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए। यादवका अनुसार उनीहरु दुवै आआफ्नै वडामा रहेका क्वारेन्टाइनमा बस्दै थिए।
संक्रमण पुष्टि भएपछि दुवैलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइँदैछ। योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या ४ पुगेको छ।
यसअघि जिल्लाका डाकनेश्वरी नगरपालिका र बलान बिहुल गाउँपालिकामा एक–एक जनामा कोरोना संक्रमणको पुुष्टि भएको थियो।
अब राजविराजमा पीसीआर परीक्षण
अब सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमै पीसीआर परीक्षण हुने भएको छ।
२ नं. प्रदेश सरकारले अस्पताललाई पीसीआर प्रविधिबाट परीक्षण गर्ने मेसिन उपलब्ध गराएको हो। अब १–२ दिनमै जडान गरिएपछि स्थानीयस्तरमै स्वाब परीक्षण हुने अस्पताल प्रमुख डा. चुमनलाल दासले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago