काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सतप्रतिशत हक प्रदसेयर जारी गर्ने निर्णय गरेको छ ।

संस्थाको हिजो शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले चुक्तापुँजीको सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने भनी संस्थाले प्रस्ताव गरेको चुक्तापुँजी १६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजारबराबरको बोनश शेयर पारित गरेको छ ।

बोनस सेयरपछि संस्थाको चुक्ता पूँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुगेको सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए । यही चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय सभाले गरेको हो ।

यसैबीच सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य “घ” वर्गका कुनै एक वा ए भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्नेसम्बन्धी विशेष प्रस्तावसमेत पारित गरेको छ ।

सभामा सर्वसाधारण समूहका तर्फबाट २ जना सञ्चालकहरु  श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् । 

तनहुँको डुम्रेबाट लघुवित्त कारोवार शुरु गरेको यस संस्थाले २७ जिल्लाहरुमा ५१ शाखा कार्यालयहरुमार्फत ३५ हजारग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याउँदै आएको छ ।