काठमाण्डौ । सरकारले सबै तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ।

बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले सबै तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो। 

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ।