काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार सेयरबजारमा हरियाली छाएको छ ।
नेप्से इन्डेक्स ४३.२७ अंकले बढेर १९०७ विन्दुमा पुगेको छ । राम्रा कम्पनीहरुको इन्डेक्स सेन्सेटिभ इन्डेक्स पनि यो दिन ८.१४ अंकले बढेको छ । नेप्सेमा रहेका १३ वटै उपसूचकहरुमा हरियाली छाएको छ ।
बीमा समूहका दुई उपसूचक लाइफ इन्स्योरेन्स सब–इनडेक्स २.२६ प्रतिशत र नन–लाइफ इन्स्योरेन्स सब–इन्डेक्स २.८७ प्रतिशतले बढेको छ ।
बीमा समूहका दुई वटै उपसूचक बृद्धि हुँदा सबै बीमा कम्पनीका सेयरभाउ बढेका छन् । आज सर्वाधिक कमाउने बीमा कम्पनीहरुमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोको सेयरभाउ ४.८८ प्रतिशत अर्थात् ३२ रुपैयाँले बढेर ६८८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको ४.०५ प्रतिशत, सूर्यज्योति लाइफको ३.८२प्रतिशत, हिमालयन एभरेष्टको ३.७१प्रतिशत, नेशनल लाइफको ३.३९प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.२०प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.१३ प्रतिशतले बढेको छ ।
प्रभु इन्स्योरेन्सको ३.०८प्रतिशत, एशियन लाइफको २.८७प्रतिशत, नेपाल लाइफको २.८३प्रतिशत, हिमालयन लाइफको २.४९प्रतिशत, नेको इन्स्योरेन्सको २.३६प्रतिशत, सानिमा रिलायन्स लाइफको २.१३प्रतिशत, शिखर इन्स्योरेन्सको २.११प्रतिशत, सिटिजन लाइफको २.०१ प्रतिशतले बढेको छ ।
त्यस्तै, युनाइटेड अजोडको १.९६प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.९४प्रतिशत, सन नेपाल लाइफको १.८१प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको १.६४प्रतिशत, रिलायबल नेपाल लाइफको १.३४प्रतिशत, एलआइसी नेपालको १.३१प्रतिशत, आइएमई लाइफको १.०३ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.९९प्रतिशतले बृद्धि भएको छ ।
यो दिन सर्वाधिक खरिदबिक्री हुने कम्पनीहरुको टप १० लिस्टमा पाँच वटा बीमा कम्पनी परेका छन् । सर्वाधिक सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ४६ लाख, आइएमई लाइफको २ करोड ४२ लाख, सिटिजन लाइफको १ करोड ८३ लाख, हिमालयन लाइफको १ करोड ७७ लाख र रिलायबल नेपाल लाइफको १ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19