काठमाण्डौ । सरकारले सबै वित्तीय कारोबार विद्युतीय माध्यमबाट हुने व्यवस्था गर्ने भएको छ।
आज संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै वित्तीय कारोबार विद्युतीय माध्यबाट हुने व्यवस्था मिलाइने बताएकी हुन्।
राष्ट्रपति भण्डारीले डिजिटल बैंकिङको अवधारणाअनुरुप राष्ट्रिय भुक्तानी प्रणाली सुदृढ गरी सबै वित्तीय कारोबार विद्युतीय माध्यमबाट गर्दै जाने नीति लिइने बताएकी छिन्।
उत्पादनशील तथा रोजगारमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने पनि राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19