काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमीटेडले केही दिनअघि घोषित लाभांशको विषयमा उत्पन्न अन्यौल समाधान गर्ने उद्देश्यले थप प्रष्ट पारेको छ । 

यसअघि असोज ९ गते यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य नाफाबाट १५ प्रतिशत बोनस सेयर र १६.५८ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । 

यो वित्तीय संस्थाको १ बराबर २ को अनुपातमा हकप्रद सोमबार(असोेज २७ गते)देखि निश्कासन भएको छ ।  आगामी हुने वार्षिक साधारणसभाको बुक क्लोजअघि नै सो हकप्रद सेयरको बाँडफाँड भइसकेमा घोषित बोनस र नगद लाभांश प्रतिशत नयाँ पूँजीको आधारमा गणना गर्दा कम हुने कम्पनीले प्रष्ट पारेको छ । 

वार्षिक साधारणसभाको बुक क्लोजभन्दा पछाडि चाहि हकप्रद सेयर बाँडफाँड भए घोषित बोनस र नगद लाभांश प्रतिशत नै कायम हुने कम्पनीको प्रष्टोक्ति छ ।