काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्न लागेको एफपीओ प्रत्याभूतिकर्ताका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

एफीओ प्रत्याभूतिकर्ता नियुक्तिसम्बन्धी सम्झौतापत्रमा समता घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज चैत २५ गते हस्ताक्षर गरेका छन्। 

संस्थाले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम सेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी सर्वसाधारणका लािग एफपीओ जारी गर्न लागेको छ। जसअनुसार संस्थाले २ लाख ८९ हजार ४४० कित्ता साधारण सेयरको जारी गर्नेछ।