काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले ५ प्रतिशत बोनस सेयरका लागि समता लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ । समायोजनपछि समताको प्रतिकित्ता सेयर ५१०.४८ रुपैयाँ कायम गरिएको छ । अब समायोजित मूल्यअनुसार नै यो संस्थाको सेयर कारोबारमा आउने छ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि समता लघुवित्तले पुस १९ गतेदेखि बुक क्लोज गरिसकेको छ ।

समताले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते बाराको सिमरामा छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद शेयर पूँजीकरणपश्चात कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।