काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. १२ करोड १३ लाख ४४ हजार मूल्यबराबरको हकप्रद सेयरमा खरिद आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ ।
संस्थाले १ महिनाअघि चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १:२ अनुपातमा रु। १०० अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। लगानीकर्ताले मंसिर १ गतेसम्म खरिद आवेदन दिन पाउने भनिएको थियो ।
हकप्रद सेयर निष्कास गरी बाँडफाँड भएपछि संस्थाको चुक्तापुँजी १८ हजार २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।
संस्थामा ७० प्रतिशत संस्थापक सेयरधनी र ३० प्रतिशत सर्वसाधारण सेयरधनी छन् ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीए एस क्यापिटल लिमिटेड तोकिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago