काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समयमै वित्तीय विवरण पेस नगरेका ८९ कम्पनीलाई स्पष्टीकरण सोधेको छ।
सेबोन सञ्चालक समितिको सोमबार बसेको बैठकले ती कम्पनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सेबोनका एक उच्च अधिकारीले जानकारी दिए। ‘ती कम्पनीहरुलाई पत्र काटेर स्पष्टीकरण सोधिएकोछ, १५ दिनभित्र चित्तबुझ्दो जबाफ नपठाउने कम्पनीहरुमाथि नियमअनुसार कारबाही हुनेछ’, ती अधिकारीले भने।
यसअघि सेबोनले गत साउन ११ मा एक सूचना जारी गर्दै समयमै वित्तीय विवरण पेस गर्न सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको थियो। समयमै वित्तीय विवरण पेस नगर्नेलाई धितोपत्रसम्बन्धी ऐनको दफा १०१ अनुसार कारबाही र जरिवाना गर्ने चेतावानी पनि दिएको थियो।
त्यसपछि सेबोनले गत असोज २ गते एक सूचना जारी गर्दै कम्पनीहरुले वित्तीय विवरण बुझाएको अवस्थाबारे जानकारी गराएको थियो। जसमा २४ वटा कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण बुझाउन बाँकी रहेको र ६४ वटाले ढिला गरी बुझाएको सेबोनले जानकारी गराएको थियो।
संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र सेबोनसमक्ष पेस गर्ने र त्यस्तो विवरण राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ।
धितोपत्रसम्बन्धी ऐनको दफा १०१ मा समयमा वित्तीय विवरण पसे नगर्ने र ऐनअन्तर्गत बनेको नियम र विनियम कार्यन्वयन नगर्नेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ। कसैले जानीजानी वा बदनियत साथ ऐन वा ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात समयमा पेस नगरेमा, सेबोनले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था पनि रहेको छ।
सोही ऐनबमोजिम चित्तबुझ्दो स्पष्टीकरण पेस नगर्नेलाई जरिवाना गरिने ती अधिकारीले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago