 
                     
                                
                             
                                    काठमाण्डौ । लगातार ३ दिनदेखि समाज लघुवित्त वित्तीय संस्थाको सेयरभाउ स्थिर रहेको छ।
गत सोमबारदेखि समाज लघुवित्तको सेयरभाउ स्थिर रहेको छ। मार्केड डेप्थमा क्रेता झुम्मिए पनि बिक्रेता नआउँदा सेयरभाउ स्थिर रहिरहेको हो।
गत शुक्रबार बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदा यो लघुवित्तको प्रतिकित्ता ६५.५६ रुपैयाँ कायम भएको थियो। गत आइतबार समाज लघुवित्तको १० कित्ता सेयर किनबेच भयो। जसअनुसार सेयरभाउ ७६ पैसाले घटेर आइतबार बजार बन्दा हुँदा यो लघुवित्तको सेयरभाउ प्रतिकित्ता ६४.८० रुपैयाँ कायम भएको छ। त्यसपछि भने यो लघुवित्तको सेयरभाउ स्थिर रहेको छ।
यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा २ लाख ७२ हजार ७५३ कित्ता खरिद अर्डर पोस्ट भएको छ। बिक्रीतर्फ भने एउटा पनि अर्डर पोस्ट भएको छैन।
नेप्सेको नियमअनुसार कुनै पनि कम्पनीको सेयर खरिद–बिक्री गर्दा २ प्रतिशतले सेयरभाउ तल–माथि गर्न पाइन्छ। ‘सेयरभाउ तल–माथि हुन कम्तीमा एउटा कारोबार हुनुपर्छ’, नेप्सेका एक अधिकारीले भने, ‘आइतबारका दिन १० कित्ता सेयर खरिदबिक्री भएको थियो, त्यसपछि एउटा पनि कारोबार भएको छैन। त्यसैले सेयरभाउ स्थिर रहेको हो।’
सेयरभाउ १०० रुपैयाँभन्दा तल रहेको बिक्रेता आउन नसकेका हुन्। अब संगठित रुपमै लागेमा मात्रै यो लघुवित्तको सेयरभाउ तल–माथि हुँदै अगाडि बढ्न सक्ने जानकारहरु बताउँछन्।
त्यसो समाज लघुवित्तले २०७७ भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणलाई लागि आईपीओ बिक्री गरेको थियो। २०७७ असोज ८ गते यो लघुवित्तको २ लाख किता साधारण सेयर नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि यो लघुवित्तलाई प्रतिकित्ता न्यूनतम ७२ रुपैयाँदेखि २०६ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो।
नेप्सेमा सेयर सूचीकरण हुनुअगावै समाज लघुवित्त र स्वस्तिक लघुविबीच सोही वर्ष असोज ५ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। सोही कारण नेप्सेमा सेयर कारोबार रोक्का गर्दा यो लघुवित्तको सेयर दोस्रो बजारमा आउन सकेन।
स्वस्तिक लघुवित्तसँग मर्जर प्रक्रिया भंग भएपछि गत साउन १ गतेदेखि यो लघुवित्तको आधारभूत सेयरधनीहरुबाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार खुलेको थियो। पहिलो कारोबार यो लघुवित्त प्रतिकित्ता ७२.१० रुपैयाँमा भएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19