काठमाण्डौ ।चालू आर्थिक वर्ष २०८० /०८१ को पहिलो त्रैमाससम्ममा समाज लघुवित्त वित्तीय संस्था ३३ लाख ७७ हजार रूपैयाँभन्दा बढी खूद नोक्सानीमा रहेको छ ।

गत वर्ष  उक्त अवधिसम्ममा ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनी यस वर्ष भने नोक्सानीमा रहेको हो । यस वर्ष कम्पनीको खराब कर्जा संकलन कम रहेको छ । गत वर्ष १ करोड ५५ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष ४३ लाख ९३ हजार रूपैयाँ मात्र खराब कर्जा संकलन गरेको छ ।

कम्पनीले सम्भावित जोखिम शिर्षकमा यस वर्ष गत वर्षभन्दा कम रकम छुट्याएको छ । कम्पनीले गत वर्ष १ करोड ७४ लाख रूपैयाँभन्दा बढी सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएको थियो भने यो वर्ष ६९ लाख ९३ हजार रूपैयाँ मात्र छुट्याएको छ ।

 क्रम्पनीको जगेडा कोषमा १ करोड ७१ लाख रूपैयाँभन्दा बढी छ । गत वर्ष कम्पनीको कर्जा सापटी  २२ करोड ३५ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष २३ करोड २ लाख ८८ हजार रूपैयाँ छ ।
 
कम्पनीले उक्त अवधिमा १३ करोड ७२ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने  ३९ करोड ५८ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा गत वर्ष ४.७८ प्रतिशत रहेकोमा यस वर्ष बढेर ८.५९ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १७४.९७ रूपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रूपैयाँ  छ ।