काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २ हजार ५२ रुपैयाँ कायम गरेको हो। यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता २ हजार ६२२ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार शिखर इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ।
शिखरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कु्ल २९.२३१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा २७.७६९ प्रतिशत बोनस र १.४६२ नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश कम्पनीले आउँदो चैत ९ गते डोकेको वार्षिक साधारणभाबाट अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। सभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज (फागुन २६ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो (फागुन २५ गते) सम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19