काठमाण्डौ । समा पेपर्स एन्ड पब्लिकेशन लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको  छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित प्रथम साधारण सभा बोलाएको हो ।

सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने सम्बन्धमा छलफल गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाब पनि पारित गर्नेछ ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुने छ । यसैगरी, सभाले अधिकृत पूँजी बृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।