काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरणको व्यवस्था मिचेकोमा सम्पन्न क्यापिटल एन्ड एडभाइजरी नेपाललाई कारबाही गरेको छ।
सेबोनको गत साउन ११ गतेको निर्णयबमोजिम सम्पन्न क्यापिटललाई कारबाही गर्दै १० लाख रुपैयाँ आर्थिक जारिवाना गरिएको हो।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८ (१)को व्यवस्थाको परिपालना नगरेकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४को दफा ७फको उपदफा (१)को खण्ड (ख)बमोजिम सम्पन्न क्यापिटललाई १० लाख रुपैयाँ जरिवाना गरिएको सेबोनले जनाएको छ।
यसअघि पनि यही नियम मिचेकोमा सेबोनले गत जेठ ४ गते मार्केट सेक्युरिटिज एक्सचेन्जलाई १० लाख रुपैयाँ जरिवाना गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19