काठमाण्डौ । सयपत्री हाइड्रोपावर प्रालिले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले सर्वसाधारणका लागि ६ करोड र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ करोड रुपैयाँ बराबर मूल्यको आइपीओ निश्कासन गर्ने भएको हो ।
यो आयोजनाले जारी पूँजीको १० प्रतिशत सेयर स्थानीय र २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
हाल यो कम्पनीको अधिकृतपूँजी ५० करोड र जारी पूँजी ३० करोड रुपैयाँ रहेको छ ।
यो आयोजनाले बाग्लुङको २.५ मेगावाट क्षमताको दरमखोला-ए आयोजनाको निर्माण तथा संचालनमा लगानी गरेको छ । यो आयोजनाले २०७३ असार १२ गतेदेखि बिजुलीको व्यवसायिक उत्पादन सुरु गरेको थियो ।
यसैबीच, सयपत्रीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ । सयपत्री हाइड्रोपावरका अध्यक्ष डा. बद्री केसी र एनआइबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाबीच आइपीओ निश्कासनसम्बन्धी एक सम्झौतापत्रमा हालै हस्ताक्षर भएको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago