काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमीटेडले सर्वसाधारण लगानीकर्ताका लागि ३ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको माग गर्दै साउन २३ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

हाल यो कम्पनीले बाग्लुङ जिल्लामा २.५ मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

यो प्रोजेक्टको निर्माण खर्च ४१ करोड २८ लाख भन्दा बढी हुने अनुमान गरिएको छ । निर्माण सुरुवात भएको मितिले २ वर्षभित्रमा आयोजना पूरा हुने बताइएको छ । यो आयोजनाले वार्षिक रुपमा १३.४८ गिगावाट बिजुली उत्पादन गर्नसक्नेछ ।