काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म २६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

यो कम्पनीले गत साउन १३ गतेबाट आईपीओ बिक्री खुलेको छ। यो आईपीओमा आज साउन १७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। 

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्री नभएको १ लाख २१ हजार ६० कित्तासमेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री खुलाएको छ। कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

धितोपत्र बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटलका अनुसार आज साँझ साढे ५ बजेसम्म यो आईपीओमा १५ लाख ५७ हजार ७०२ आवेदकबाट कुल १ करोड ७६ लाख ७७ हजार ६१० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २६.३६ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।