काठमण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलको कार्यालयमा सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ। 

कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्। 

यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १५ लाख ५७ हजार ७०२ आवेदकबाट कुल १ करोड ७६ लाख ७७ हजार ६१० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २६.३६ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।