काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ। 

कम्पनले गत असार २ गतेबाट आईपीओ निष्कासन गरेको छ। यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार १६ गते हुने भनिएको थियो। 

तर, मागबमोजिम आवेदन नपरेका कारण अब यो आईपीओ निष्कासन बन्द असार २४ गते बैंकिङ समयपछि हुने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। 

कम्पनीले आयोजना प्रभावित बागलुङ जिल्लाका ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा बसोबास गर्ने बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले स्थानीयलाई १०० अंकित दरका ३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ। 

यो आईपीओमा स्थानीय न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। स्थानीय प्रभु बैंकको ताराखोला शाखा र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयलाई आवेदन संकलन केन्द्र तोकिएको छ।

सयपत्री हाइड्रोपावरको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ १८ गते निष्कासन अनुमति दिएको थियो।