काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने भोलि साउन १७ गते अन्तिम दिन रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीले यसअघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्री गरी बाँडफाँडसमेत गरिसकेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्री नभएको १ लाख २१ हजार ६० कित्तासमेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री खुलाएको छ। कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन्।

सीडीएससीको तथ्यांकअनुसार आज (साउन १६ गते) बिहान सवा १० बजेसम्म यो आईपीओमा १० लाख ६१ हजार ५९५ आवेदकबाट कुल १ करोड २१ लाख ५१ हजार ३४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १८.१२ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। 

यो आईपीओको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।