काठमाण्डौ । सरकारले चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोपको १ करोड डोज खरिद गर्ने तयारी गरेको छ।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन्। जसअनुसार पहिलो चरणमा चीनको सिनोफार्मसँग ५० लाख र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
मन्त्री ज्ञवालीले खोप भण्डारण र व्यवस्थापनमा समस्या हुने भएकाले पहिलो चरणमा १ करोड र त्यसपछि थप खोप खरिद गरिने पनि जानकारी दिए। ‘ यस विषयमा एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुनेछ’, उनले भने।
मन्त्री ज्ञवालीका अनुसार खोप खरिदका लागि अर्थ मन्त्रालयले रु. ३६ अर्बको स्रोत सुनिश्चित गरिसकेको छ। ‘अनुदानमा आउने खोपको भर पर्दा लामो समय लाग्ने देखियो, त्यसैले सरकारले खरिद प्रक्रिया अगाडि बढाएको हो’, उनले भने, ‘यसका लागि दुवै देशका सरकार तथा सम्बन्धित खोप निर्माण कम्पनीसँग सीधै प्रक्रिया अघि बढाइनेछ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19