Janardan Sharma
काठमाण्डौ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले विधि र प्रक्रियाका नाममा विकास निर्माणको काममा ढिलाई गर्ने सरकारी प्रवृत्तिले राष्ट्रको समृद्धि रोकिएको बताएका छन् ।
राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारी निकायकै कार्यशैलीका कारण विकासको कामले गति लिन नसकेको स्वीकार गरेका हुन् ।
“हुन त म मन्त्री हुँ, तर सरकारी क्षेत्रबाट भएको कमजोरी लुकाउदिँन, विधि र प्रक्रियाका नाममा विकास कार्यमा ढिलाई गर्ने प्रवृत्ति छ।” मन्त्री शर्माले भने–“यस्तो कार्यशैली नत्यागेसम्म देश विकासले कदापि गति लिदैन ।” आफूूले ऊर्जा मन्त्रालयमा ढिला गर्ने प्रवृत्ति थोरै भए पनि सच्याएका कारण जनताको पक्षमा केही काम गर्न सकिएको उनको दाबी थियो ।
“विधि र प्रक्रिया विकासको गतिलाई तीब्र पार्ने साधन बन्नुको सट्टा काममा ढिलाई गर्ने र अनुचित लाभ उठाउने हतियार बनेका छन् । जसको कारण राष्ट्रको समृद्धि रोकिन गएको छ ।”उनले भने–“यो मुलुकमा ७४ किलोमिटर विद्युत प्रसारण लाईन बन्न १८ वर्ष लाग्छ, एउटा हाइड्रो पावर प्रोजेक्टको डिपिआर बन्न ७ वर्ष लाग्छ, अनि कसरी हुन्छ देशको विकास ?”
मन्त्री शर्माले देश विकासको पहिलो आधार विद्युतीकरण भएकोमा जोड दिँदै जलविद्युत आयोजना निर्माणमा ध्यान केन्द्रीत गर्न लगानीकर्ताहरुलाई आग्रह गरे । मुलुकका कतिपय विज्ञहरुलाई बिद्युत कहाँ बेच्ने भन्ने चिन्ताले सताएको कारण पनि जलविद्युत उत्पादनको कार्य सुस्ताएको उनको भनाई थियो ।
नेपालको विद्युत बाहिर बेच्ने नभई स्वदेशमै खपत गर्ने सोचाई बनाए मात्र देशलाई औद्योगिकरणको दिशामा अघि बढाउन सकिने उनले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago