काठमाण्डौ । नेपाल सरकारका सचिवहरु र उद्योगीव्यवसायीहरुले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र उद्योगीव्यवसायीहरुबीच विश्वासको वातावरण बनाउन थप सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको देशको समग्र आर्थिक स्थिति र उद्योग व्यवसायमा तत्काल सम्बोधन हुनुपर्ने विषयमा नेपाल सरकारका सचिवहरुसँगको अन्तक्र्रियामा अर्थतन्त्रमा देखिएका समस्या समाधानमा आपसी विश्वासका साथ सहकार्य बढाउँदै जाने प्रतिवद्धता व्यक्त भएको हो । प्रारम्भमा नेपाल सरकारका सचिवहरु तथा वरिष्ठ सहसचिवहरुलाई स्वागत गर्दैै परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकारको नीति कार्यान्वयन तह र उद्योगीव्यवसायीबीच विश्वासको वातावरण बनाउन अन्तक्र्रिया आयोजना गरिएको बताउनु भयो । निर्यात व्यापारमा देखिएका समस्यावाआन्तरिक बजारमा माग संकुचनले अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक असरलाई समयमै पहिचान गरी समाधानका उपाय अघि सार्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने अवस्था आएको अध्यक्ष मोरले बताउनु भयो ।
अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्पे्ररित गर्न आवश्यक वातावरण बनाउन आग्रह गर्नुभयो । अध्यक्ष मोरले उद्योग विभागमा रहेको एकलबिन्दु सेवा केन्द्रको प्रभावकारिता बढाउन तथा निर्यातमा विविधिकरण र उद्योगसम्बन्धी कानुनको सुधारमा मन्त्रालयले देखाएको अग्रसरताले उद्योग स्थापना तथा सञ्चालनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्योग क्षेत्रकाखास समस्याहरुबारे प्रष्ट्याउँदै अध्यक्ष मोरले वातावरणीय मापदण्डसम्बन्धी व्यवस्थामा लचकता, निकासी अनुदान प्याकेजलाई मूल्यअभिवृद्धिका आधारमा विस्तार तथा विदेशमा लगानी गर्न दिने कानुनीव्यवस्था र सम्पत्ति अभिलेखिकरणको विषयलाई पनि गम्भीरताका साथ लिन सचिवहरु समक्ष आग्रह गर्नुभयो ।
अन्तक्र्रियामा सहभागी सचिवहरुले अर्थतन्त्रमा देखिने समस्या तथा उद्योग तथा लगानी प्रर्वद्धनका लागि थप सहकार्यको आवश्यकता महसुस भएको बताउनु भयो । अर्थसचिव राजन खनालले पूँजीगत खर्च बढाएर बजारमा माग सृजना गर्ने, कानुनको सुधारमार्फत लगानीको वातावरण बनाउने, मूल्यअभिवृद्धिका आधारमा निर्यातकर्तालाई सहुलियत दिने विषयमा प्रोएक्टिभ भएर काम गरिरहेको बताउनुभयो ।
खनालले आत्मनिर्भरतातर्फ उन्मुखउद्योग तथालगानी संकटमा नजाओस् भन्नेमा व्यवसायीहरुलाई स्वस्थ प्रतिस्पर्धामा जान र लगानी विविधिकरण गर्न सुझाव दिनुभयो । सरकारका तर्फबाट बजारमा माग बढाउन ठूला गेमचेञ्जर परियोजनाको काम तीव्र पार्ने गरी काम भइरहेको पनि खनालले उल्लेख गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालले समग्र आर्थिक सुधारको प्याकेज र शासकीय सुधारको प्याकेज लागू गर्न सकियो भने अर्थतन्त्रको दिगो सुधार हुन सक्ने भन्दै यसका लागि मिलेर काम गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।
वाणिज्य सचिव बैकुण्ठ अर्यालले भर्खरै भारततर्फ पाम अयलको निर्यातमा अवरोध देखिना साथ मन्त्रालयले अग्रसरता लिएर समाधानको प्रयास थालेको, चीनतर्फको पारवहन सुविधा उपयोग गर्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । निर्यातजन्य वस्तुको उत्पादन बढाउन निकासी गृह निर्माणलाई गतिदिएको, बल्क कार्गोका लागि विराटनगर र भैरहवा पनि खुला गरिएको तथा भारततर्फ जलमार्ग उपयोगका सम्बन्धमा छिटै सम्झौता हुने पनि अर्यालले उल्लेख गर्नु भयो ।
परराष्ट्र सचिव शंकर दास वैरागीले निर्यात व्यापार र पर्यटन अभिवृद्धिका लागि कुटनीतिक निकायहरुलाई परिचालन गरिएको बताउनुभयो । यसैगरी सगरमाथा सम्बादमार्फत ऊर्जा र सम्रग विकासलाई जोडेर ग्रिन इकोनोमी निर्माणतर्फ रोड म्याप बनाउनेतर्फ सघन सहकार्यका लागि पनि परराष्ट्र सचिवले जोड दिनुभयो ।
श्रम सचिव विनोद केसीले सामाजिक सुरक्षा कोषमा देखिएका समस्या समाधानका लागि प्रयास भइरहेको बताउनु भयो । पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटन वर्ष २०२० सफल बनाउन निजी क्षेत्रसँग थप सहकार्य गर्ने, पर्यटन पूर्वाधारको निर्माणमा गति दिन प्रयास भइरहेको र पर्यटन क्षेत्रमा हुने लगानीमा दिने सहुलियतका विषयमा छलफलमा रहेको बताउनु भयो ।
लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले वातावरणीय मापदण्डका नाममा निजी क्षेत्रमात्र नभएर सकारका विकास निर्माण प्रभावित भइरहेकाले यसको नीतिगत सुधारका लागि मिलेर काम गर्नुपर्ने बताउनु भयो । निजी लगानी मैत्री वातावरण सृजनाका लागि अन्तर मन्त्रालय र निजी क्षेत्रबीच समन्वय हुनुपर्नेमा अधिकारीले जोड दिनु भयो ।
उद्योग मन्त्रालयका सहसचिवदिनेश भट्टराईले उद्योगीव्यवसायी तथा लगानीकर्ताका लागि मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको बताउनु भयो । एकलबिन्दु सेवाको प्रभावकारिता बढाउने, वातावरणीय मापदण्डमा लचकताका लागि प्रयास अन्तिम चरणमा पुगेको पनि सहसचिव शर्माले उल्लेख गर्नुभयो ।
अन्तक्र्रियाको संक्षेपीकरण गर्दै परिसंघका निवर्तमानअध्यक्ष हरि भक्तशर्माले निजी क्षेत्र र सार्वजनिक क्षेत्रले मिलेर काम गर्ने समय आएको, उद्योग व्यवसायमैत्री वातावरण सृजना गर्नुपर्ने, भूमि हदबन्दीमा अहिलेका गलत नीति सुधार हुनुपर्ने र उद्योग क्षेत्रले अघि सारेका समस्या तत्काल सम्बोधन गर्न उदार नीति तथा नियमावली बनाउन राजनीतिक नेतृत्वलाई प्रोत्साहित गर्न सचिवहरुलाई आग्रह गर्नुभयो ।
सोही अवसरमा परिसंघका उपाध्यक्षहरु विष्णु अग्रवाल, सुलभ अग्रवाल, निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे, कृष्णप्रसाद अधिकारीले उद्योग तथालगानी विस्तारका विषयमा प्रस्तुति गर्दै औद्योगिकीकरणको वातावरण बनाउन तत्कालिन तथा दीर्घकालीन रणनीतिहरु अघि बढाउन आवश्यक रहेको बताउनु भयो । छलफलमा परिसंघको गर्भनिङ काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषद्का सदस्यहरुसमेतको उपस्थिति थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago