काठमाण्डौ । नेपाल धितापत्र बोर्ड (सेबोन)ले धितोपत्र बजारमा सर्ट सेलिङ र इन्ट्राडे कारोबारलाई प्राथमिकतामा राखेको छ। यसका लागि सेबोनले अध्ययन कार्य अगाडि बढाउने भएको छ। 

सेबोनले आज सर्वाजनिक गरेको आर्थिक वर्ष २०८०–८१को नीति तथा कार्यक्रममा सर्ट सेलिङ र इन्ट्राडे कारोबारका लागि प्राथमिकतामा राखेको हो। नीति तथा कार्यक्रममा धेरै लामो  समयदेखि लगानीकर्ताले उठाउँदै आएको माग इन्ट्रा डे कारोबार तथा सर्ट सेलिङको पनि अध्ययन गर्न विज्ञहरुमार्फत अध्ययन तथा अनुसन्धान गर्ने सेबोनले जनाएको छ। 

यसका साथै लगानीकर्ताले उठाउँदै आएको अर्को महत्वपुर्ण माग भनेको अक्सन मार्केटको पनि अध्ययन तथा अनुसन्धान गरिने सेबोनले जनाएको छ। 

त्यस्तै ब्रोकर हाउसको सुपरभिजनलाई पनि चुस्त र दुरुस्त बनाइने नीति सेबोनले लिएको छ। अहिले राजधानीकै कतिपय ब्रोकर हाउसमा शौचालय, खानीपानी तथा इन्टरनेटजस्ता आधाभूत आवश्यक्ता पनि नभएको अवस्थामा यो नीति तथा कार्यक्रममा ब्रोकर हाउस सुपरभिजनको बुँदामा समेटिएको छ ।