काठमणडौ । आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिर्ने १० ठूला कम्पनीमा ५ वटा वाणिज्य बैंकहरु रहेका छन्।
असार मसान्तसम्म दाखिला भएको करको विवरणअनुसार सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीको सूचीमा एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंक परेका छन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार एनआइसी एसिया बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड कर दाखिला गरेको छ। जुन वाणिज्य बैंकहरुमध्ये धेरै हो। उच्च कर तिर्नेमा एनआइसी एसिया छैटौँ स्थानमा छ। अघिल्लो वर्ष ३ अर्ब ६१ करोड कर दाखिला गर्दै एनआईसी एसिया बैंक पाँचौँ स्थानमा थियो।
नबिल बैंकले ३ अर्ब ३२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेको सातौँ नम्बरमा परेको छ। वाणिज्य बैंकहरुमा भने दोस्रो स्थानमा छ। अघिल्लो वर्ष यो बैंकले ३ अर्ब ९७ करोड कर तिर्दै बैंकिङ क्षेत्रमध्ये सबैभन्दा धेरै कर तिर्नेको बैंक बनेको थियो।
यसैगरी बैंकिङ क्षेत्रमा गत आवमा सबैभन्दा बढी घर तिर्नेमा आइएमई बैंक रहेको छ भने समग्रमा आठौँ स्थानमा छ। ग्लोबल आइएमई बैंकले गत वर्ष ३ अर्ब २१ करोड राजस्व तिरेको छ।
सर्वाधिक कर तिर्ने सूचीको नवौँ स्थानमा २ अर्ब ७७ करोड रुपैयाँसहित सिद्धार्थ बैंक छ भने २ अर्ब ६५ करोड रुपैयाँका राष्ट्रिय वाणिज्य बैंक दसौँ स्थानमा छ।
आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा धेरै कर तिर्ने १ नम्बरमा सूर्य नेपाल प्रालि परेको छ। कम्पनीले सूर्य चुरोट उत्पादन तथा वितरण गर्छ। कम्पनी १० अर्ब ७२ करोड कर दाखिला गर्दै १ नम्बर कम्पनी बन्न सफल भएको हो।
सर्वाधिक कर दाखिला गर्नेको सूचीमा यसपालि पनि सूर्य नेपाल नै रहेको छ।
सूर्य नेपालले गत वर्ष १० अर्ब ६२ करोड रुपैयाँ कर दाखिला गरेको छ। अघिल्लो वर्ष पनि यो कम्पनीले ९ अर्ब ३४ करोड कर दाखिला गर्दै पहिलो नम्बरमै थियो।
कर धेरै तिर्ने दोस्रो कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) रहेको छ। यो कम्पनीले ९ अर्ब ७२ करोड कर दाखिला गरेको छ। अघिल्लो वर्ष यो कम्पनीले ९ अर्ब कर दाखिला गरेको थियो।
निजी क्षेत्रकै दूरसञ्चार कम्पनी एनसेल गत आवमा ७ अर्ब ५९ करोड राजस्व तिर्दै तेस्रो स्थानमा छ।
सर्वाधिक कर दाखिला गर्ने चौथो कम्पनीमा गोर्खा ब्रअुरी छ। कम्पनीले गत वर्ष ५ अर्ब ६९ करोड रुपैयाँ कर तिरेको छ। अघिल्लो वर्ष यो कम्पनीले ४ अर्ब २४ करोड राजस्व तिर्दै चौथो नम्बरमै थियो।
नेपाल विद्युत प्राधिकरण गत आवमा ३ अर्ब ९५ करोड कर दाखिला गर्दै पाँचौँ स्थानमा छ। प्राधिकरण अघिल्लो वर्ष २ अर्ब ९० करोड राजस्व तिरेर आठौँ स्थानमा थियो।
प्रत्येक वर्ष आन्तरिक राजस्व विभागले क्षेत्रगत धेरै कर दाखिला गर्ने कम्पनीलाई कर दिवसका अवसरमा सम्मान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago