काठमाण्डौ । धितोपत्र बोर्डका कर्मचारीहरुले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा संलग्न बोर्डका अध्यक्ष र संचालकलाई निलम्बनको कारबाही माग गरेका छन् ।
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आज एक विज्ञप्ति जारी गरी यस्तो माग गरेको हो ।
अध्यक्ष राजबहादुर जिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ-' धितोपत्र ऐन २०६३ को प्रस्तावना मै उल्लेख गरिए अनुसार पूँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मुल मर्म अनुसार बोर्डको नेतृत्व एवं संचालकहरुले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट रहदैन। बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सो संग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन हो।'
विज्ञप्तिमा विभिन्न संचारमाध्यममा आएको विषयले बोर्ड अध्यक्षको इमानदारिता, कानूनी प्रावधान, आचारसंहिता अनुसार गम्भीर नैतिक पतन भएको देखिएको उल्लेख गर्दै धितोपत्र बोर्डको गरिमालाई आँच आउन नदिन त्यस्तो कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गर्न माग गरिएको छ ।
धितोपत्र ऐनको प्रारम्भिक खण्डको दफा २ परिभाषामा धितोपत्र र निष्काशन जस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्र भित्रै पर्ने हुँदा, संचारमाध्यममा आएका बिषयले बोर्ड अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान, आचार संहिता अनुसार गम्भिर नैतिक पतन भएको देखिएको हुँदा, करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न यस नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी यूनियन जोडदार माग गर्दछौं।'-विज्ञप्तिमा भनिएको छ ।
नेपाल धितोपत्र बोर्ड नेपालको पूँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायको रुपमा रहेको, नेपाल सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था रहेको उल्लेख गर्दै विज्ञप्तिमा करिब देशको कूल ग्राहस्थ उत्पादन जत्तिको बजार पूँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशिल र लगानीकर्ताको हित संरक्षणमा उद्दत हुनुपर्नेमा जोड दिइएको छ । ‘धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७(२) मा अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधी हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, बाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात बर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरु मध्ये उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ भनेर उल्लेख गरिएकोमा अध्यक्षका रुपमा नियुक्त व्यक्तिले बोर्डको अध्यक्षका रुपमा रहदा आफ्नो लब्ध प्रतिष्ठा र बोर्डको गरिमालाई कायम राख्न नपर्ने भन्ने प्रश्नै आउदैन।’ विज्ञप्तिमा भनिएको छ– समाचार माध्यमबाट प्रकाशित समाचारहरु र सोही परिप्रेक्षमा अर्थ मन्त्रालयबाट बोर्डको नाममा स्पष्ट गरी पठाउने बारे भनेर मिति २०७८।०४।१३ मा लेखिएको पत्रका सम्बन्धमा सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत बिषयमा पुरै संस्थालाई मुछेर पत्र लेखिएकोमा यस यूनियनको गम्भिर ध्यानाकर्षण भएको छ। धितोपत्र ऐन २०६३ को प्रस्तावना मै उल्लेख गरिए अनुसार पूँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मुल मर्म अनुसार बोर्डको नेतृत्व एवं संचालकहरुले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट रहदैन।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19