काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गरेको छ।

विभागले एक सूचना जारी गर्दै आउँदो वैशाख १६ गतेदेखि लागू हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको जानकारी गराएको हो। कोरोना महामारीको नयाँ भेरियन्टको जोखिम बढ्दै गएकोले अनलाइन आवेदन लागि बन्द गरिएको विभागले जनाएको छ। 

अब अर्को सूचनामा जारी नभएसम्मका लागि अनलाइन आवेदन बन्द रहने सूचनामा जानकारी गराइएको छ।