काठमाण्डौ । सरकारले सहकारी संस्थाहरुलाई एकआपसमा गाभ्न वा गाभिन प्रोत्साहन गर्ने भएको छ।

संसदमा बिहीबार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सहकारी संस्थाहरुलाई आपसमा गाभ्न वा गाभिन प्रोत्साहन गर्ने नीति सरकारले अंगिकार गर्ने घोषणा गरेका हुन्। 

खतिवडाले देशभर सहरकारी संस्थाहरुको वित्तीय कारोबार पनि अनलाइन प्रणाली गरिने बताएका छन्।