काठमाण्डौ। छयासी मेगावाटको सोलुखोला दूधकोशी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको सहास उर्जा लिमिटेडले आज साउन २९ गतेदेखि आयोजना प्रभावितका लागि ३५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ।
यो कम्पनीले १०० रुपैयाँ अंकित दरले ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको हो। आईपीओमा भदौ ११ गतेसम्म आवेदन दिन सकिन्छ। सो अवधिसम्म सबै कित्ता बिक्री भएन भने ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिनसकिने व्यवस्था हुनेछ।
इच्छुक आयोजना प्रभावितले थोरैमा १० कित्तादेखि बढीमा १० लाख ५० हजार कित्तासम्मका लागि खरिद आवेदन दिनसक्ने आज प्रकाशित सूचनामा जनाइएको छ।
यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासनको योजना बनाएको छ। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि ७० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।
आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर ३ अर्ब ५० करोड माथि पुग्नेछ।
आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ।
सोलुखोला हाइड्रोपावर प्रोजेक्ट ११ अर्ब ८६ करोडमा बनिसक्ने अनुमान गरिएको छ। यो आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको कन्सोर्टियम लिडमा ९ बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago