काठमाण्डौ । छयासी मेगावाटको सोलुखोला दूधकोशी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको सहास उर्जा लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको रु. ३५ करोडको आईपीओमा आवेदन दिने आज (भदौ ११ गते) अन्तिम दिन रहेको छ।
पहिलो चरणमा यो कम्पनीले गत साउन २९ गतेदेखि आयोजना प्रभावितका लागि ३५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। यो कम्पनीले १०० रुपैयाँ अंकित दरले ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको छ।
धितोपत्र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार आज बैंकिङ समयसम्म यो आईपीओमा आवेदन दिन पाइन्छ।
इच्छुक आयोजना प्रभावितले थोरैमा १० कित्तादेखि बढीमा १० लाख ५० हजार कित्तासम्मका लागि खरिद आवेदन दिनसक्ने छन्।
यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासनको योजना बनाएको छ। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि ७० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।
आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर ३ अर्ब ५० करोड माथि पुग्नेछ।
सोलुखोला हाइड्रोपावर प्रोजेक्ट ११ अर्ब ८६ करोडमा बनिसक्ने अनुमान गरिएको छ। यो आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको कन्सोर्टियम लिडमा ९ बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago