काठमाण्डौ । सन्राइज बैंक लिमिटेडका ग्राहकले होटल सांग्रिलामा विशेष छुट पाउने भएका छन् ।

सनराइज बैंकले ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल , रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमासमेत विभिन्न छुट दिने उदेश्यले होटल सांग्रिलासँंग सम्झौता गरेको छ ।

सनराइज बैंक लिमिटेड तथा होटल सांग्रिलाबीच बैंकका ग्राहकहरुलाई होटल सांग्रिलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले फूड,वेभरेज, बेकरी,सौना तथा स्वीमिङ जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेविट कार्ड देखाएरवा कार्डमार्पmत् भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन् ।

यो सुविधा यस बैंकका ग्राहकहरुले आगामी पुष १५,२०७७ सम्म उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।