काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
ती कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो ।
नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य २८०.९५ रुपैयाँ कायम भएको छ । आइतवार नेप्सेमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य ३५२.९४ रुपैयाँ कायम गरेको छ । आइतबार नेप्सेमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
अब उक्त समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा ती कम्पनीको बैंकको सेयर कारोबार हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago