काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई राहात दिन आगामी आर्थिक वर्षबाट ब्रोकर कमिसन घटाउने तयारी गरिरहेको छ।
ब्रोकर कमिसन अत्याधिक भएकोले घटाउन भन्दै उठिरहेको मागलाई धितोपत्र बोर्डले सम्बोधन गर्न लागेको हो। यही महिनाको अन्त्यतिर आउने धितोपत्र बोर्डको नीति तथा कार्यक्रममार्फत ब्रोकर कमिसन घटाइने स्रोत बताउँछ।
धितोपत्र बोर्ड स्रोतका अनुसार ब्रोकर कमिसन घटाउने विषयमा बोर्डभित्र हाल छलफल भइरहेको छ। ‘ब्रोकर कमिसनमा कति कटौती गर्ने विषयमा टुंगो लागिसकेको छैन’, स्रोतले भने, ‘नियमावली संशोधन भइसकेको छ, ब्रोकर कमिसन घट्छ।’
कारोबारअनुसार हाल लगानीकर्ताले ५० हजार रुपैयाँसम्म ०.४ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्म ०.३ प्रतिशत र २० लाख रुपैयाँबाट माथि ०.२७ प्रतिशत कमिसन ब्रोकरलाई तिर्दै आएका छन्।
ब्रोकर कमिसन अत्याधिक रहेको भन्दै विभिन्न लगानीकर्ता तथा तिनका संघसंगठनले विरोध जनाउँदै आएका छन्। हालको ब्रोकर कमिसन वैज्ञानिक नभएकोले घटाउनुपर्ने उनीहरुले आवाज उठाउँदै आएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago