काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको साउन महिनाको वित्तीय विवरण प्रकाशित गरिएको छ। 

सनराइज फर्स्ट म्युचुअल फन्ड, सनराइज फोकस्ड इक्विटी फन्ड र सनराइज ब्लुचिप फन्डको साउनको वित्तीय विवरण प्रकाशित भएको हो। यीमध्ये २ वटा योजनाको न्याभ घटेको छ भने एउटाको बढेको छ। 

साउनमा सनराइज फर्स्ट म्युचुअल फन्डको न्याभ सामान्य घटेर १२.९० रुपैयाँ कायम भएको छ। गत असारमा यो योजनाको न्याभ १२.९२ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म धितोपत्रमा तथा अन्य गरी कुल ८९ करोड ७७ लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो ९७ करोड ६१ लाख रुपैयाँ थियो।

साउनमा यो योजनाको खुद आय ४ करोड ९१ लाख रुपैयाँ रहेको छ। गत असारमा खुद आय ११ करोड ४९ लाख रुपैयाँ थियो।

साउनमा सनराइज फोकस्ड इक्विटी फन्डको न्याभ पनि सामान्य घटेर १०.१७ रुपैयाँ कायम भएको छ। गत असारमा न्याभ १०.२४ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म धितोपत्र तथा अन्यमा गरी ५९ करोड ८६ लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी ५९ करोड ४३ लाख रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल आय ३१ लाख ३३ हजार रुपैयाँ रहेको छ। गत साउनमा कुल आय २ करोड ३४ लाख रुपैयाँ थियो।

यसैगरी साउनमा सनराइज ब्लुचिप फन्डको न्याभ भने सामान्य बढेर ९.९२ रुपैयाँ कायम भएको छ। गत असारमा न्याभ ९.८९ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म धितोपत्र र अन्यमा कुल १ अर्ब ८ करोड रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी १ अर्ब ११ करोड रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल व्यय १२ करोड ५१ लाख रुपैयाँ रहेको छ। गत असारमा कुल आय १३ करोड ३७ लाख रुपैयाँ थियो।

असारमा फ्लेक्सी क्याप फन्डको न्याभ पनि सामान्य बढेर ९.९० रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ ९.८७ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका र नभएका धितोपत्र, ऋणपत्र र मुद्दति निक्षेपमा गरी कुल ३० करोड ४२ लाख रुपैयाँ लगानी भएको छ। गत जेठ कुल लगानी २९ करोड ३७ लाख रुपैयाँ थियो। 

असारमा यो योजनाको कुल नोक्सानी ४३ लाख १५ हजार रुपैयाँ रहेको छ। गत जेठमा यो योजनाको कुल नोक्सानी ५९ लाख ६७ हजार रुपैयाँ रहेको थियो। 

यी योजनाको कोष प्रवर्द्धकमा लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापकमा सनराइज क्यापिटल रहेका छन्।