काठमाण्डौ । एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले करिब रु. ३४ करोडको आईपीओ यही साउन १६ गतेबाट निष्कासन खुलाउने भएको छ।

कम्पनीले ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। यो आईपीओ कम्पनी हाल कायम जारी पूँजी रु. १ अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशतबराबर हुन आउँछ। 

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा साउन २१ गते र ढिलोमा भदौ ३ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। 

लगानीकर्ताले ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ।