काठमाण्डौ । विश्वप्रसिद्ध कम्पनी साओमीले आफ्नो उत्पादनमा क्रान्तिकारी फ्डको मार्दै उच्चतम प्रविधियुक्त रेड्मी सिरिज अन्तर्गतको रेडमी नोट ७ र रेडमी ७ एकसाथ बजारमा ल्याएको छ ।
आश्चर्यजनक स्तरको अनुभव प्रदान गर्ने रेड्मी नोट ७ को प्रमुख विशेषतामा ४८ मेगापिक्सलको रियर क्यामेरा र उच्च स्तरको ग्लास, क्वालकोम स्न्यापड्रागन ६६०, कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरुको प्रदर्शन र ब्याट्री क्षमता साथै मजबुत र टिकाउयुक्त रहेको छ ।
यो फोन स्पेस ब्ल्याक्, नेप्चुन ब्लू र नेबुला रातोमा उपलब्ध छ भने, ३ जिबि, ३२ जिबिको २१,९९९, ४ जिबि, ६४ जिबिको २४,९९९ र ४ जिबि, १२८ जिबिको २६,९९९ बजार प्रवद्र्धन मूल्य रहेको छ ।
रेड्मी ७ न्यून मूल्यमा उच्च कार्यवहन क्षमता रहेको फोन हो, जसमा क्वालकोम स्न्यापड्रागन ६३२, डट ड्रप डिजाइन, अत्तिरिक्त टिकाउ, ब्याट्री क्षमता र उच्च ध्वनी क्षमता रहेको छ । रेडमी ७. २ जिबि १६ जिबिको १४,९९९, ३ जिबि, ३२ जिबिको १६,९९९ बजार प्रबद्र्धन मूल्य रहेको छ ।
नेपालको लागि साओमीको तर्फबाट कन्ट्री जनरल म्यानेजर शौरभ कौठारी भन्छन्,“रेडमी नोट ७ र रेडमी ७ ले यहाँको ग्राहकवर्ग र प्रशंसकहरुको ध्यानलाई मध्यनजर गरी उत्कृष्ट गुणस्तर, उचित मूल्य र असाधारण प्रविधियुक्त टेक्नोलोजी अपनाएको छ।”
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago