-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा साञ्जेन र रसुवागढी हाइड्रोपावरको सेयर सूचीकरण साउनमा मात्रै हुने भएको छ ।
आइपीओ बाँडफाँड भएको करिब डेढमहिना बितिसक्दा हालसम्म पनि समेत यी दुई हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत भएको छैन ।
नेप्सेमा सूचीकृत भई लगानीकर्ताहरुले खरिदबिक्री गर्न अझै अढाई महिना कुर्नुपर्ने साञ्जेन हाइड्रोपावरका सीइओ किरणकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।
सूचीकरण ढिलाइ हुनुका कारणबारे बिजशालाको जिज्ञासामा श्रेष्ठले सिडिएससीमा प्रत्येक सेयरधनीको खातामा हाल्दा ९ रुपैयाँ लागत लाग्ने उल्लेख गर्दै करिब ५ लाख सेयरधनीको खातामा डिम्याटमा राख्न र अन्य खर्च समेत जोड्दा ५० लाख हाराहारीमा खर्च लाग्ने भएकाले ऊर्जा मन्त्रालयसँग छलफल भइरहेको बताए ।
नौ रुपैयाँ लागत धेरै महङ्गो भएको र जनताको जलविद्युत कार्यक्रम अन्तरगत निशुल्क डिम्याट खातामा राख्न ऊर्जा मन्त्रालयसँग दुवै हाइड्रोपावरको एकैचोटि सूचीकरण गर्न छलफल भइरहेको उनको भनाई छ ।
निशुल्क बनाउनका लागि समन्वय गर्न समय लाग्ने भएकाले साउनसम्म मात्र सूचिकरण हुनसक्ने उनको अनुमान छ ।
यता, यसै विषयमा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विनियमावली अनुसार नै ९ रुपैयाँ शूल्क लाग्ने बताए । ‘आज भए पनि भोलि सूचीकृत गरे पनि शूल्क उहीँ नै लाग्छ ।’ गुप्ताले भने ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19