काठमाण्डौ । कुमारी बैंकको साढे २७ लाख कित्ता बढी सेयर आज (माघ २६ गते)बाट बिक्रीमा राखिएको छ।
बैंकले साबिक एनसीसी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्युमान संस्थापक सेयरधनीका साथ अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीका लागि १ हजारले भाग जाने संख्यामा खरिद आवेदन दिन सक्नेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३८ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाण्डौको कमलपोखरीस्थित कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो फागुन ११ गतेसम्म तोकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19