काठमाण्डौ । कुमारी बैंकले साढे ७ लाख बढी कित्ता सेयर आज भदौ ५ गतेबाट बिक्रीमा राखेको छ। 

बैंकले संस्थापक समूहको ७ लाख ५१ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्ने छ। अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ १९ गतेसम्म तोकिएको छ।