Nepal-Stock-exchange
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन लगानीकर्ताको प्रवृति पहिलो दिनको झै दोहोरिएको छ । लगानीकर्ताहरुले सोमबार पनि विकास बैंक र लघुवित्त संस्थाहरुमै लगानी गर्न उचित ठानेका छन् । वाणिज्य बैंक र बिमालाई वास्ता नगर्दा ती कम्पनीको सेयरमा खासै आकर्षण देखिएन, जसका कारण समग्र नेप्से परिसूचक २.३७ अंकको करेक्सन भई १७१६.८३ अंकमा झरेको छ ।
विकास बैंक र बित्त कम्पनी बाहेक बाँकी समूहको परिसूचकमा रातो पोतियो । बित्त समूहको सूचक ३८.९६ अंकले उकालो लाग्यो भने विकास बैंक समूह २.९६ अंकले उक्लियो ।
सोमबार पनि सबैभन्दा धेरै ७८.८ अंकको गिरावट बिमा समूहमै देखियो । जलविद्युत समूह पनि २०.८१ अंकले ओरालो लाग्यो । होटल समूह ६.७६ अंकले गिर्दा वाणिज्य बैंक समूह ३.९६ अंकले तल झर्यो । अन्य समूहमा २.३४ अंकको करेक्सन देखियो ।
सोमबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ०.५३ र ०.१९ अंकले झरे ।
यो दिन कारोबार रकम पनि आइतबार भन्दा कम भएको छ । कुल १ सय ४० कम्पनीका २८ लाख ४९ हजार ५ सय ३५ कित्ता सेयर १ अर्ब ५४ करोड ५२ लाख ७ हजार रुपैयाँमा किनबेच भयो । आइतबार कारोबार रकम १ अर्ब ८५ करोड माथि थियो ।
सोमबार सबैभन्दा धेरै रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको ७ करोड ९६ लाखको सेयर किनबेच भयो । यसैगरी, एभरेष्ट बैंकले ६ करोड ८१ लाख, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट ६ करोड १ लाख, फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले ५ करोड ८८ लाखको सेयर कारोबार गरे । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ५ करोड ८१ लाखको प्रोमोटर सेयर किनबेच हुँदा नेपाल ग्रामीण विकास बैंक लिमीटेडले ४ करोड ९३ लाखको कारोबार गर्यो । यस्तै, एनआइडीसी क्यापिटल मार्केट लिमीटेडको ४ करोड ३० लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड २५ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड २ लाख र साना किसान विकास बैंकको ३ करोड ७१ लाखको सेयर खरीदबिक्री भयो ।
धेरै कमाउने
सोमबार काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताको सम्पत्ति १० प्रतिशतले वृद्धि भयो । यो दिन धेरै कमाउने कम्पनीहरुमा क्रमशः एनआइडीसी क्यापिटल मार्केट, नमस्ते बित्तीय संस्था लिमीटेड, रिलायवल डेभलपमेन्ट बैंक लिमीटेड, सनराइज बैंक लिमीटेड, प्रमोटर सेयर, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट, फेवा विकास बैंक लिमीटेड, नेपाल लाइफको प्रोमोटर सेयर, मनास्लु विकास बैंक लिमीटेड र मुक्तिनाथ विकास बैंक लिमीटेड रहेका छन् ।
धेरै गुमाउने
यसैगरी, सोमबार धेरै गुमाउने कम्पनीहरुमा राष्ट्रिय बिमा कम्पनी लिमीटेड प्रोमोटर सेयर, नेरुडे लघुवित्त विकास बैंक लिमीटेड, डिप्रोक्स डेभलपमेन्ट बैंक लिमीटेड, विजय लघुवित्त बित्तीय संस्था, साना किसान बैंक लिमीटेड लगायत छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19