काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । यो दिन नेप्से परिसूचक १०.१४ अंकले घटेर ११९४.८७ को विन्दूमा सीमित भएको हो । 

यो दिन व्यापार समूहमा ०.८४ अंकको झिनो वृद्धि भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । 

बैंकिङ समूह १०.१६ अंकले घटेको यो दिन विकास बैंक समूह ९.४३ अंक, जलविद्युत समूह १२.५८ अंक, निर्जीवन बिमा समूह २९.८ अंक, जीवन बिमा समूह ४९ अंक, माइक्रोफाइनान्स समूह  ८.८८ अंक, बित्त समूह ३.९ अंक, होटल समूह ०.२८ अंक र अन्य समूह ७.१ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ४५ कम्पनीका १० लाख ७९ हजार ४ सय २७ कित्ता सेयर ३३ करोड ३७ लाख ९६ हजार ९ सय २ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नेपाल बैंक लिमीटेडले १४ करोड बढीको कारोबार गरेको छ । 

एनआइसी एशियाले करिब ३ करोडको कारोबार गरेको यो दिन प्रभू बैंकले १ करोड १५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ५५ लाख, कुमारी बैंकले ५४ लाख बढीको कारोबार गरेका छन् । 

सूर्य लाइफ इन्स्योरेन्सको ४८ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन एनसीसी बैंकले ४५ लाख, चिलिमे हाइडोले ४१ लाख, सानिमा बैंकले ३९ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकले ३७ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य २.४४ प्रतिशतले बढ्यो ।

समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८.४९ प्रतिशतले घट्यो ।