काठमाण्डौ । सातवटै प्रदेश सरकारहरूले आज मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउने भएका छन्।
प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने व्यवस्था छ। सोहीअनुसार आज सबै प्रदेशले बजेट ल्याउन लागेका हुन्। यसअघि नै सातै प्रदेशमा नीति तथा कार्यक्रम आइसकेको छ।
प्रदेश नम्बर १ मा अपराह्न ३ बजे प्रदेशसभा बैठकमा बजेट सार्वजनिक गरिनेछ। बजेट ल्याउन प्रदेश नम्बर २ मा अपराह्न ४ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ।
बागमती प्रदेशमा भने अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकबाट बजेट ल्याइनेछ।
यसैगरी गण्डकीमा पनि आजै बजेट ल्याउने तयारी भइरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममामा बजेट ल्याउनका लागि अपराह्न ४ बजे प्रदेश बैठक डाकिएको छ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रदेशहरुको आगामी आर्थिक वर्षको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रित रहने बताइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago