काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकर राफसाफ सदस्यता लिन सीडीएससीमा निवेदन दिएका छन्।
गत असार २१ गते नेप्सेबाट नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्ड कारोबार सदस्यता पाएका थिए। नेप्सेले सन सेक्युरिटिललाई ब्रोकर नं. ६४, हिमालयन ब्रोकरेजलाई ब्रोकर नं. ६३, मियो सेक्युरिटिजलाई ब्रोकर नं.६६, सेयरप्रोलाई ब्रोकर नं. ६५, भोले गणेशलाई ब्रोकर नं. ६१, क्यापिटल म्याक्सलाई ब्रोकर नं. ६२ र प्रोपर्टी विजार्डलाई ब्रोकर नं. ६७ प्रदान गरेको छ।
यी ब्रोकरहरुले कारोबार राफसाफ सदस्यताका लागि सीडीएससीमा केही दिनअघि मात्रै निवेदन दिएका हुन्। ‘राफसाफ सदस्यताका लागि नयाँ ७ वटा ब्रोकरको आवश्यक कागजपत्रसहितको निवेदन आइसकेको छ’, सीडीएससीका सूचना अधिकारी सुरेश नयौपाने भने, ‘कागजपत्र अध्ययन गरेर राफसाफ सदस्यता दिने काम हुन्छ।’
अबको १–२ दिनभित्रै ती नयाँ ब्रोकरलाई कारोबार राफसाफ सदस्यता दिइने न्यौपानेको भनाइ छ।
नेप्से, सीडीएससी र क्लियरिङ बैंकहरुको सिस्टमसँग कनेक्ट भएपछि नयाँ ब्रोकरले कारोबार सञ्चालन गर्न सक्नेछन्। कारोबार सञ्चालन गर्नुअघि भने उनीहरुले केही दिन परीक्षण गर्न पनि सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19