काठमाण्डौ । लामो समयको प्रतिक्षापछि नेपाल स्टक एक्सचेन्ज लिमीटेड९नेप्से०ले ८ वटा ब्रोकरलाई मार्जिन कारोबार गर्न अनुमति दिएको छ ।

नेप्सेका अनुसार ब्रोकर नम्बर ५०(क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज), ब्रोकर नम्बर ३५(कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज), ब्रोकर नम्बर ३४(भिजन सेक्युरिटिज प्रालि), ब्रोकर नम्बर ३६(सेक्यूर्ड सेक्युरिटिज लि.), ब्रोकर नम्बर २८(श्रीकृष्ण सेक्युरिटिज लि.), ब्रोकर नम्बर १६(प्राइमो सेक्युरिटिज प्रालि), ब्रोकर नम्बर १४(नेपाल स्टक हाउस प्रालि), ब्रोकर नम्बर ३८(दिपशिखा धितोपत्र कारोबार कम्पनी प्रालि)लाई मार्जिन कारोबारका लागि अनुमति दिएको हो । 

नेप्सेको अनुमतिसँगै अब लगानीकर्ताहरुले यी ब्रोकर हाउसबाट मार्जिन लोन सहज रुपमा पाउनेछन् । लगानीकर्ताले सेयर धितो कर्जाका लागि बैंक तथा वित्तीय संस्थासम्म धाउनुपर्ने युगको अन्त भएको छ । 

नेप्सेअघि यी आठैवटा ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा सुचारु गर्न राष्ट्रबैंकबाट समेत स्वीकृति पाएका थिए । 

नेप्सेका अनुसार अन्य १० ब्रोकर कम्पनीले समेत मार्जिन कारोबारको स्वीकृति मागेका छन् । मार्जिन कारोबारका लागि पाइपलाइनमा रहेका ब्रोकर कम्पनीहरुमा अनलाइन सेक्युरिजिट, श्वेता सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट, सुमेरु सेक्युरिटिज,  दिव्या सेक्युरिटिज, एशियन सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज, प्रज्ञान सेक्युरिटिज, डाइनामिक मनि म्यानेजर्स, इम्पेरियल सेक्युरिजिट रहेका छन् । 

नेप्सेले बनाएको कार्यविधिअनुसार कम्तीमा १० हजार सेयरधनी भएको, दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको, आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेका कम्पनीका लागि मात्र मार्जिन सुविधा उपलब्ध हुनेछ । 

मार्जिन कारोबार कार्यविधि,२०७५ बमोजिम मार्जिन कारोबारका लागि आवश्यक मापदण्ड पुगेका ब्रोकर कम्पनीहरुले राष्ट्र बैंकको स्वीकृति पाएर नेप्से सञ्चालक समितिले कारोबार सुचारुको अनुमति दिनेछ । 

धितोपत्र बोर्डले मार्जिन कारोवार सुविधा अन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर धितोपत्र दलाल र ग्राहकबीच हुने सम्झौतामा उल्लेख भए अनुसार हुने व्यवस्था गरेको छ । 

तर, दलालले मार्जिन कारोवार सुविधा उपलब्ध गराएबापत ग्राहकसँग लिने व्याजको दरबारे बोर्ड र नेप्सेलाई पूर्व जानकारी गराउनुपर्नेछ । 

मार्जिन कारोबारको सुविधा लागू गर्नुअघि यो विषयमा लगानीकर्तालाई नेप्सेले सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने र ब्रोकरमार्फत समेत यस्तो कार्यक्रम संचालन गराउने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ । 

मार्जिन कारोवार सुविधाको कार्यान्वयनलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन नेप्सेले नियमित र सघन रुपमा सुपरीवेक्षणरअनुगमन गर्नुपर्नेछ । 

मार्जिन कारोवार सुविधा अभ्यासमा आएपश्चात धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर सम्बन्धमा कुनै अस्वाभाविक स्थिति आएमा बोर्डले आवश्यक हस्तक्षेप९इन्र्टभेन्सन० तथा नियमनरसुपरिवेक्षण गर्ने समेत व्यवस्था गरिएको छ ।  

यसका साथै वोर्डको मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ र नेप्सेले वनाएको मार्जिन कारोवार सुविधा सम्वन्धी कार्यविधि, २०७५ सहित मार्जिन कारोवार सुविधा सम्वन्धमा वोर्डले गरेका व्यवस्था बारे नेपाल राष्ट्र बैंकलाई जानकारी गराइसकिएको बोर्डले जनाएको छ । 

मार्जिन कारोबारको सुविधाले धितोपत्र व्यवसायको कार्य दायरा विस्तार हुने, लगानीकर्तालाई एकै ठाउँ ९वन स्पट०बाट कारोवार सम्वन्धी सेवा प्राप्त हुने तथा दोस्रो वजार कारोवारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र बजारको विकास  हुने बोर्डको अपेक्षा छ ।