काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा खेमबहादुर पाठक पुनः चयन भएका छन् ।

आइतबार सम्पन्न कम्पनीको २२औं साधारणसभाले पाठकको नेतृत्वमा छ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो । उक्त कम्पनीको अध्यक्षमा पाठक तेस्रो पटक चयन भएका हुन् ।


बाँकी सञ्चालकहरुमा बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त चयन भएका छन् । नयाँ सञ्चालक समितिको कार्यकाल चार वर्षको हुनेछ । ।

 

ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थामार्फत थोक कर्जा प्रदायक संस्थाका रुपमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत असार २४ मा मर्जरपछिको एकीकृत कारोबार सुरु गरेका थिए ।

यस्तै, कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।