काठमाण्डौ । साना किसान विकास लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भोलि सोमबार खुल्ने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का गरेको साना किसान विकास लघुवित्त र विजय लघुवित्तको सेयर कारोबार आज फुकुवा गर्ने निर्णय गरेको हो। योसँगै यी दुवै लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने भएका छन्। 

साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तलाई १ः०.८७ सेयर स्वाप रेसियामा मर्ज भएका हुन्। मर्जरपछि साना किसान विकास लघुवित्तको नाममा १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३६ लाख ४ हजार ५६९.३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। 

नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि प्रतिकित्ता ८४८.३६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

यसैगरी विजय लघुवित्त र नयाँ सारथी लघुवित्त आपसमा १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। मर्जरपछि विजय लघुवित्तको नाममा १०० रुपैयाँ अंकित दरका कुल ३६ लाख १० हजार ४०३.५९ कित्ता सेयर सूचीकृत भएको छ। 

नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि विजय लघुवित्तलाई प्रतिकित्ता ७०३.५५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

उता साबिकको राष्ट्र उत्थान लघुवित्तलाई १ः१ अनुपातमा गाभेपछि आशा लघुवित्तको नाममा १०० अंकित दरका कुल २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।